Logo

सूर्यदयको दृष्य अवलोकनका लागि ‘लोहकिलडाँडा’

पाँचथर-हिउँदको समय सुरु भएसँगै आकाश खुलेको मैसम छ, यो बेला सूर्यदयको दृष्य हेर्ने मैसम पनि सुरु भएको छ । सूर्यदयको मनोरम दृष्यको लागी पाँचथरको लोहाकिल डाँडा पनि एक हो । फिदिम नगरपालिकमा रहेको ‘लोहाकिल डाँडा’ बाट सूर्यदयको दृष्य अबलोकन गर्न सकिन्छ । बिहान सूर्यदयको बेला सूर्यदयको मनोरम दृष्य लोहोकिल डाँडाबाट अवलोकन गर्ने सकिने छ । लोहकील डाँडाबाट मौसम खुला रहेको जुनसुकै महिनामा सूर्यदयको दृष्य अवलोकन गर्न सकिने स्थानियहरूले बताए । लोहकिल डाँडा सूर्यदय अवलोकन गर्नका लागि उत्कृष्ट एक गन्तव्य बन्न सक्छ ।
लेकाली डाँडाबाट सूर्यदयको मनोरम दृष्य अवलोकन गर्न सकिने स्थानीय फैजमान राईले बताए । अरू सूर्यदयको अवलोकन गरिने स्थानहरूबाट भन्दा सुन्दर दृष्य लोहकील डाँडाबाट अवलोकन गर्न सकिने दाबि राईले गरे । भारतको टाइगर हिल, श्रीअन्तु आदि स्थलबाट सूर्यदयको दृष्य अवलोकन गर्दा भन्दा लोहकील डाँडाबाट देखिएको सूर्यदयको मनोरम दृष्यले मन लोभ्याउने गरेको स्थानीयहरू बताउँछन्
साबिक लुङरुपा र पैवासारतापको सिमानामा रहेको यो लोहोकिलडाँडा पाँचथरको पर्यटकीय स्थल सुकेपोखरी नजिक छ । सुकेपोखरीमा बास बसेर लोहकिल डाँडाबाट सूर्यदयको दृष्य अवलोकन गर्न सकिन्छ । सुकेपोखरीमा अर्गानिक परिकारहरले स्थानीयहरूले पर्यटकहरूलाई स्वागत गर्न गरेका छन् । स्थानीयहरूले लोकल कुखुराको तिते, झ्याउका विभिन्न परिकारलगायत स्थानीय परिकारहरूको स्वाद पर्यटकहरूलाई चखाउने छन् । लोहकिल डाँडाबाट नजिक रहेका कोहिभिर, नागढुङ्गा, छिन्टापुलगायतका पर्यटकीय स्थलको अवलोकनसमेत गर्न सकिन्छ । फागुन, चैत महिनामा लोहकिलडाँडा अझ सुन्दर देखिने स्थानीयहरूले बताए । उक्त महिनामा फुलेको लालीगुराँसको मनोहक दृष्यले सबैको मन लोभ्याउने स्थानीयहरूले बताए ।
सदरमुकाम फिदिमबाट नजिक रहे पनि यो डाँडाको प्रचार–प्रचार नहुँदा गुमनाम रहेको यो डाँडा सूर्यदय दृष्यका लागि एक महत्वपूर्ण गन्तव्य बन्न सक्छ । फिदिम नगरपालिका–१४ मा पर्ने लोहकिलडाँडा मेची रार्जमार्गमा पर्ने पैवा भञ्जाङबाट केही समयको पैलदयात्र पुग्न सकिन्छ । पैवा भञ्जाङबाट मोटर साइकल लगायतका साधनबाट सुकेपोखरी हँुदै लोहकिलडाँडा पुग्न सकिन्छ । लोहकिल डाँडाबाट कञ्चजङधा, कुम्भकर्ण, लोहोत्से, सगरमाथा, मकालुलगायतका पूर्वका सबै हिमालका सुन्दर दृष्यसमेत अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्