सिंजा पर्यटन गुरुयोजना पछिल्लो समयमा अल्पत्र सिन्जाका पर्यटन क्षेत्र ओझेलमा «

सिंजा पर्यटन गुरुयोजना पछिल्लो समयमा अल्पत्र सिन्जाका पर्यटन क्षेत्र ओझेलमा

दानबहादुर बूढा
मुगु-
नेपाली भाषाको उद्गम स्थाल जुम्लाको सिंजा क्षेत्रमा रहेका धार्मिक सांस्कृतिक, मठ मन्दिर, देवल, रीतिरिवाज, चालचलन, भेषभुसा, हुड्के नाच, बाला, चम्फा, मागल, झोडा, देउडा, बिराट दरबार, ढुङ्गा र माटोले बनेका घर देवीदेउताका मन्दिरको संरक्षण गरी पर्यटन प्रवद्र्धनको विकास गर्ने उद्देश्यले ५ वर्षलगाएर तयार पारिएको पर्यटन गुरुयोजना २०६४ सालमा तयार गरिएको सिंजा पर्यटन गुरुयोजना अल्पत्र पर्ला जुम्लाको सिंजा क्षेत्रमा रहेको पर्यटक क्षेत्र ओझेलमा परेका छन् ।
सिंजाको पर्यटन क्षेत्रलाई पर्यटन प्रवदन गरि सिन्जा क्षेत्रको विकासमा परिवर्तन गर्ने सिंजा क्षेत्रमा रहेका पर्यटक क्षेत्रलाई देश–विदेशमा प्रचार–प्रचार गरी पर्यटकहरुलाई सिंजामा भित्र्याउने हिसावले २०६४ सालमा सिंजा क्षेत्रमा रहेका बुद्धिजीवी, समाजसेबी, राजनैतिक दल, पत्रकारहरुको पहलमा सिंजा गुरु योजना बनाई साकिकको जिल्ला विकास, पर्यटन मन्त्रालय, पुरातत्वविभाग राष्ट्रिय योजना आयोग र स्थानीय तहमा पेस गरिएको गुरु योजना अहिले अल्पत्र परेको छ ।
पछिल्लो समयमा स्थानीय सरकार, कनकासुन्दरी गाउँपालिका, कर्णाली प्रदेश सरकार पर्यटन मन्त्रालय, संघीय सरकारसँग जुम्लाको सिंजा पर्यटन गुरुयोजना बनाउन र पर्यटन क्षेत्रको विकासका लागि पहल गरिदिनका लागि आह्वान गरे पनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेको छ ।
सिंजामा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय सरकार गाउँपालिकाबाट बजेट विनियोजित गरी काम भइरहेको छ । गाउँपालिकाबाट गर्न नसकेको काम प्रदेश, संघीय सरकारबाट पर्यटन क्षेत्रको विकासमा काम गरिएको र कनकासुन्दरी मन्दिर, पाण्डाब गुफालगायत अन्य पर्यटकीय क्षेत्रको विकास गरिरहेको कनकासुन्दरी गाउँपालिकाकी कावा अध्क्षय अर्मिला भण्डारीको दाबी रहेको छ ।
संघीय संरचना स्थापना गरिएको ३ वर्ष बितिसक्दा पनि नेपाली भाषाको उदगम थलो सिंजामा रहेका पर्यटन क्षेत्र, पाण्डा गेफा, कनका सुन्दरी मन्दिर, सिहु बाघ, देवल मल्लकालीन, पञ्यायतकालमा तयार पारिएका अभिलेखलगायत धार्मिका मठ मन्दिर, गुफा, बिराट दरवार भेषभूषा, हुड्के नाच, बालो नाच , चम्फा, मागल, झोडा, देउडाढुङ्गा र माटोले बनेका घर देबिदेउताका मन्दिरको संरक्षण गरी पर्यटन बिकास गर्न नसकियको स्थानीय बासीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्