चन्द्रनिगाहपुरका होटलको वर्गीकरण

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रौतहटको चन्द्रनिगाहपुर राजमार्गमा रहेका होटलको वर्गीकरण गरेर स्टिकर टाँसेको छ । विभिन्न ५० वटा सूकचांकका आधारमा तोकिएको मापदण्ड पुरा गरेका होटलहरूमा स्टिकर टाँस गरिएको हो । स्तरिय तथा राम्रो खाना बिक्री वितरण गर्ने होटलमा हरियो स्टिकरमा तीन वटा तारा भएको अति उत्तम, दुई वटा तारा भएको उत्तम र एउटा तारा भएको सन्तोषजनक र सामान्य होटलहरूमा पहेँलो स्टिकर टाँस गरेर वर्गीकरण गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रिय कार्यालय हेटौंडाबाट गएको टोलीले रौतहटको चन्द्रनिगाहपुरका होटल, रेस्टुरेन्ट र भोजनालयका अनुगमन र मुल्यांकन गरी स्टिकर टाँस गरेको हो । चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले सवै मापदण्ड पुरा गरेर स्वच्छ खाना खुवाउन होटल व्यवसायीलाई आग्रह गरे ।