पुँजीबजारमा अनलाइनको प्रभावकारिता «

पुँजीबजारमा अनलाइनको प्रभावकारिता

अनलाइनबाट घर, पसल, कार्यालय जहाँतहींबाट पनि सेयरको कारोबार गर्न सकिने भएकाले यसबाट समयको पनि बचत हुने गरेको छ ।

कोरोनाको कहरका कारणले देशमा लकडाउनसमेत गर्नुप-यो । लकडाउनका कारणले अरू क्षेत्रमा नकारात्मक असर गरे पनि सेयर बजारमा भने यसले सकारात्मक असर गरेको देखिन्छ ।

पछिल्लो समयमा सेयर बजारमा अनलाइन कारोबार गर्नेहरूको संख्या बढिरहेको देखिन्छ । त्यसो त सेयर बजार पूर्ण अनलाइनमा गइसकेको बताइन्छ । लगभग दुई वर्षपहिले २०७५ साल कात्तिक २० गते होटल याक एन्ड यतिमा बढी तामझामका साथ त्यस बेलाका अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन सेयर कारोबारको उद्घाटन गरेका थिए । त्यस बेला नै अनलाइन कार्यान्वयन भए लगानीकर्ताहरूको सेयर बजारमा पहुँच बढ्ने यो प्रणाली सेयर बजारका लागि कोसेढुंगा साबित हुने, बजारको विकास–विस्तार हुने, सेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरमा पु-याउने, सेयर बजारलाई आधुनिक चरणमा पु-याउने, सेयर बजारमा नयाँ आयाम ल्याउने तथा सेयर बजारको दायरा बढाउने विश्वास गरिएको थियो । तर त्यस बेला अनलाइन कारोबार त्यति विश्वासिलो नभएको देखियो । त्यस बेला अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताहरू कम मात्र थिए । अनलाइन कारोबारमा विभिन्न समस्याहरू आउने गथ्र्यो । अनलाइन कारोबार भएको सुरुको समयमा कम मात्र लगानीकर्ताहरू अनलाइनमा आबद्ध भएका थिए ।
संसारभरि फैलिएको कोरोना जब नेपालमा पनि प्रवेश ग-यो । कोरोनाको कहरका कारणले देशमा लकडाउनसमेत गर्नुप¥यो । लकडाउनका कारणले अरू क्षेत्रमा नकारात्मक असर गरे पनि सेयर बजारमा भने यसले सकारात्मक असर गरेको देखिन्छ । लकडाउनपछि सेयर बजार बढेको देखिन्छ भने अनलाइन कारोबार गर्नेहरूको संख्या पनि ह्वात्तै बढेको देखिन्छ । पछिल्लो समयमा अनलाइन लिने लगानीकर्ताहरूको संख्या लगभग २ लाख पुगेको सरोकारवालाहरू बताउँछन् । अनलाइनबाट कारोबार गर्नेहरू बढे पनि अहिले पनि अनलाइन पूर्ण रूपमा विश्वासिलो हुन सकिरहेको छैन भन्ने कतिपय लगानीकर्ताहरूको भनाइ छ । अहिले पनि अनलाइनमा विभिन्न समस्याहरू आउने गरेको छ । अनलाइन लिने लगानीकर्ताहरू बढिरहेको भए तापनि डिम्याटमा दर्ता भएका लगानीकर्ताहरूको तुलनामा अनलाइन लिने लगानीकर्ताहरू कम मात्र रहेको देखिन्छ । डिम्याटमा दर्ता हुनेहरूको संख्या २० लाखभन्दा बढी भइसकेको छ भने अनलाइन लिने लगानीकर्ताहरू २ लाख पनि पुगेको छैन । त्यसो त डिम्याटमा दर्ता भएका लगानीकर्ताहरू सबै सक्रिय लगानीकर्ता नहुन पनि सक्छन् । धेरैजसो दैनिकी कारोबार गर्ने सक्रिय लगानीकर्ताहरूले अनलाइन लिने गरेका छन् । अनलाइनबाट घर, पसल, कार्यालय जहाँतहींबाट पनि सेयरको कारोबार गर्न सकिने भएकाले यसबाट समयको पनि बचत हुने गरेको छ ।
अहिले सेयर बजार पूर्ण डिजिटल भइसकेको छ । पछिल्लो समयमा सेयर कारोबार अनलाइनबाट गर्न सकिन्छ भने आईपीओ हकप्रद एफपीओको खरिद गर्न आवेदन दिन सेयर बिक्रीपछि सेयर हस्तान्तरण गर्न बिक्री गरेबापतको रकम आफ्नो बैंक खातामा जम्मा हुने समेत डिजिटल अनलाइनबाट हुने भएको छ । तर पनि सेयर बिक्री गर्दा क्लोज आउटमा परेर जरिवाना तिर्नुपरेको कतिपय लगानीकर्ताहरूको भनाइ रहेको छ । पछिल्लो समयमा सेयर बिक्री गरेको सेयर हस्तान्तरण डीआईएसबाट नभई इडीआईएसबाट मेरो सेयरमार्फत गर्नुपर्ने नियम छ । धेरैजसो लगानीकर्ताहरूको भनाइमा मेरो सेयरमा समस्या आउने कारणले कहिलेकाहीं मेरो सेयर नखुल्ने र खुले पनि दाताहरू नदेखाउने, ब्रोकरकहाँबाट समयमा मेरो सेयरमा विवरण अपडेट नहुँदा समयमा सेयर हस्तान्तरण गर्न नसक्दा क्लोजआउटमा परेर जरिवाना तिर्नुपर्ने कारणले कतिपय लगानीकर्ताहरूले नोक्सानी बेहोर्नुपरेको कतिपय लगानीकर्ताहरूको भनाइ रहेको छ । मेरो सेयरको सफट्वेयरमा कहिलेकाहीं समस्या आउने गरेका कारणले कतिपय लगानीकर्ताहरू क्लोजआउटमा पर्ने कारणले डीआईएस यानि चेकबाट पनि सेयर हस्तान्तरण गर्न दिनुपर्ने धेरैजसो लगानीकर्ताहरूको भनाइ रहेको छ । त्यसो त मेरो सेयरको ईडीआईएसबाट सेयर हस्तान्तरण गर्दा सजिलो, समयको बचत तथा ब्रोकर मर्चेट बैंकहरूकहाँ धाउन नपर्ने हुन्छ, तर पनि कतिपय अवस्थामा मेरो सेयरमा आउने समस्याका कारणले अनावश्यक रूपमा लगानीकर्ताहरूले क्लोजआउटमा परेर नोक्सानी बेहोर्नुपरिरहेको छ । यसकारणले पनि डीआईएस यानि चेकबाट पनि सेयर हस्तान्तरण गर्न दिनुपर्ने लगानीकर्ताहरू बताउँछन् । यसमा सम्बन्धित सरोकारवालाहरूले ध्यान दिनुपर्ने विचार गर्नुपर्ने देखिन्छ ।
पछिल्लो समयमा सेयर बजारमा चाहे प्राथमिक बजार होस्, चाहे दोस्रो बजारमा होस्, लगानीकर्ताहरू ह्वात्तै बढेको देखिन्छ । प्राथमिक बजारका लगानीकर्ताहरू पनि ८ लाखभन्दा बढी भइसकेका छन् भने दोस्रो बजारमा पनि पछिल्लो समयमा एक दिनमा नै ६ अर्बभन्दा बढीको कारोबार हुने भइसकेको छ । कतिपयको भनाइमा पछिल्लो समयमा अनलाइनबाट घर, पसल, कार्यालय जहाँतहींबाट पनि सेयर कारोबार गर्न सक्ने र हुने भएकाले पछिल्लो समयमा नेप्से बुलिस ट्रेन्डमा जान खोजेको हो भन्ने एकथरीको भनाइ रहेको छ भने अर्काथरी लगानीकर्ताहरूको भनाइमा पछिल्लो समयमा देशको अर्थतन्त्रमा नकारात्मक असर पारेको कोरोनाको कहर र लकडाउनले देशमा व्यापार–व्यवसाय, उद्योगधन्दाहरू डामाडोल भइरहेकाले तत्काल लगानी गर्ने वातावरण नभएका कारण सेयर बजारमा लगानी ओइरेको हो भन्ने पनि छ । कोरोनाको कहरले देशका अरू क्षेत्रमा नकारात्मक असर पारे पनि सेयर बजारमा भने यसले सकारात्मक असर पारेको देखिन्छ । लकडाउनपछि सेयर बजार बढेको देखिन्छ । सेयर बजारमा लकडाउनपछि पनि नेप्से मात्र बढेको नभई कारोबार रकममा पनि निकै बढोत्तरी भएको देखिन्छ । दिनमा ६ अर्बभन्दा बढीको कारोबार भयो भने प्राथमिक बजारमा पनि आइपीओ सेयर खरिदका लागि आबेदन दिनेहरूको संख्या पनि ८ लाखभन्दा बढी भएको देखिन्छ । यसले सेयर बजारका लागि सकारात्मक हो भन्दा पनि फरक नपर्ला । त्यसो त अहिलेको अवस्थामा कोरोनाको कहरले गर्दा अरू क्षेत्रमा लगानी गर्न सक्ने वातावरण बनेको छैन भन्दा पनि फरक नपर्ला । यस कारणले पनि अहिलेको अवस्थामा तत्कालका लागि लगानी गर्न सक्ने भनेको सेयर बजार नै हो भने सेयर बजारबाट तत्काल लाभ पनि लिन सकिने भएका कारण सेयर बजार यसरी ह्वात्तै बढेको भनाइ पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्