मनकामना केबुलकार २३ औं वर्षमा प्रवेश «

मनकामना केबुलकार २३ औं वर्षमा प्रवेश

देशकै प्रथम र अत्याधिक सफल केबल कार सेवा प्रदायक मनकामना दर्शन प्रालिले आफ्नो स्थापनाको २३औं वर्षमा प्रवेश गरेको छ ।
दूरदर्शी उद्यमी स्व. लक्ष्मण बाबु श्रेष्ठले सुरुवात गरेको यो सेवा उद्योगलाई नेपालको सफलतम र सर्वोत्तम नमूना मानिन्छ । स्थापना कालदेखिनै मनकामना दर्शनले आफ्नो सेवाको गुणस्तर कायम गर्न सकेको कारण मनकामना मन्दिर जाने मोटर बाटो बनिसक्दा पनि धार्मिक पर्यटकको सबैभन्दा पहिलो रोजाई केबल कार नै बनेको छ ।
केबल कार निर्माणमा विश्वकै सर्वोत्कृष्ट मानिएको डोप्पलमेर कम्पनीको प्राविधिक सहयोगमा बनेको मनोकामना केबल कारले अहिलेसम्म डेढ करोड सर्व साधारणलाई सेवा दिइसकेको छ । सोही अनुसार, हरेक वर्ष यस केबल कारले करिब १० लाखलाई सेवा प्रदान गरेको देखिन्छ । अन्य क्षेत्रमा जस्तै मनकामनाको केबल कारलाई पनि कोभिड–१९को दूष्प्रभाव परेको छ । नेपालमा लकडाउन गरेको समयदेखि बन्द रहेको यो सेवा चाँडैनै पुनः सुचारु गरिने व्यवस्थापकले जानकारी गराएका छन् ।
अब मनकामना माताको दर्शन गर्न जाने र केबल कारको भ्रमणको अनुभव गर्न चाहने ग्राहकले सो सेवाका लागि अनलाइन वा टेलिफोनबाट टिकट किन्नसक्ने जानकारी पनि व्यवस्थापकले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्