खुम्बुमा ६८८ पर्यटक पुगे, ५ लाख ५१ हजार राजस्व संकलन «

खुम्बुमा ६८८ पर्यटक पुगे, ५ लाख ५१ हजार राजस्व संकलन

सोलुखुम्बु-कोरोना महामारीले सिथिल बनेको खुम्बुमा पर्यटकिय गतिविधि सञ्चालन हुन थालेका छन् । कोरोना महामारीको प्रभावले सिथिल बनेको खुम्बुमा पर्यटकीय गतिविधि बढेको हो । शरद ऋतुको समयमा खुम्बुमा ६८८ आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन् । असोज महिनामा १४६ नेपाली र २५ विदेशी गरी १७१ जनाले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
त्यस्तै, कात्तिक महिनमा ४०९ नेपाली, सार्क राष्ट्रका १० र ९८ विदेशी पर्यटक खुम्बु भ्रमण तथा हिमाल आरोहणका लागि पुगेका हुन् । असोज महिनादेखि पर्यटकीय गतिविधि सञ्चान अनुमति पाएसँग खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल बाक्लिएको हो । गएको चैत महिनादेखि खुम्बु भदौ महिनासम्म सुनसान रहेको थियो ।
साढे ५ लाख राजस्व संकलन
सगरमाथा राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा साढे पाँच लाख भन्दा बढी राजस्वक संकलन गरेको छ । खुम्बु भ्रमणमा आएका पर्यटक र वन पैदावर बिक्रीबाट ५ लाख ५१ हजार १५६ राजस्व संकलन गरेको हो । जसमा गैरकाष्ठ वनपैदावर बिक्रीबाट १८ हजार ३०६ रुपैयाँ, पर्यटकबाट ५ लाख १६ हजार ३५० रुपैयाँ र दण्ड सजायबाट १६ हजार ५ सय राजस्व सकंलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
खुम्बु पासाङल्हामुले मात्रै ३ लाख भन्दा बढी राजस्व संकलन
प्रदेश १ को पर्यटकीय स्थानीय तह घोषणा भएको खुम्बुपासाङल्हामु गाउँपालिकाले भने पर्यटकीय गतिविधि सञ्चालन अनुमति पाएसँगैआएका विदेसी पर्यटकबाट ३ लाख २६ हजार राजस्व संकलन गरेको छ । असोज र कात्तिक महिनामा आएका १६३ विदेशी पर्यटकबाट प्रत्ति व्यक्ति दुई हजारका दरले उक्त राजस्व संकलन गरेको गाउँपालिकाका आन्तरिक लेखा परीक्षक सागर आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्