Logo

सिमरामा तीनतारे क्लासिक प्लाजा

बाराको सिमरामा तीनतारे होटल क्लासिक प्लाजा साताभित्रै सञ्चालनको तयारीमा छ ।
सिमराको मुटु मानीने एयरर्पोट रोडमा अबस्थित ५ विगाह क्षेत्रफलमा क्लासिक प्लाजा होटलको सम्पूर्ण संरचना निर्माण पूरा भै यही साता संंचालनमा आउने भएको हो ।
‘भारतीय पर्यटनलाई नेपाली सत्कार र आन्तरिक पर्यटकलाई सुलभ पहुँच’ दिने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको क्लासिक प्लाजा प्रालिका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । उनले मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले बाराको सिमरामा साताभित्रै होटल सञ्चालनमा ल्याउन आफ्नो टिम सफल भएको बताए ।
वीरगन्जको भन्सारबाट नेपाल भित्रने भारतीय पर्यटक तथा सिमरा विमानस्थल हुँदै राजधानी प्रवेश गर्ने पर्यटकलाई लक्षित गर्दै सुविधासम्पन्न होटल क्लासिक प्लाजा सिमरा विमानस्थल छेवैमा अबस्थित छ ।
पर्सा राष्ट्रिय निकुन्ज, विश्व प्रसिद्ध गढीमाई मन्दिर, सिम्रौणगढ लगायतका स्थानले पर्यटनको बसाइ लम्बिने र आन्तरिक पर्यटन प्रबर्धनमा जोड दिने विश्वासका साथ होटल सञ्चालनामा ल्याइएको महा प्रबन्धक पुष्पराज भट्टले बताए ।
होटल परिसरमा १० देखि ३ सय जना अट्ने हल, भीआईपी बोर्ड रुम, एमपी थे्रटर गार्डेन जहा विवाह, बर्थडे पार्टी गर्न सकिने, स्पा, जिमहाउस, स्वीमिङ पुल, ग्रीन गार्डेनलगायत सुविधा छन् भने निकट भविष्यमा चारतारेमा स्तारोन्ति गरिने जानकारी गराएको छ । सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा ७९ वटा सुविधासम्पन्न कोठाहरू छन् । त्यसमा हनिमुन स्बिट, कपल स्बिट, प्रेसिडेन्ट स्बिट, लक्जरी तथा डिलक्स रुमहरू छन् ।
होटल सञ्चालकले सिमरामा फरक पहिचान बनाउन होटल सफल हुने दाबी गरेका छन् । सीमा नाका सहज भएसँगै होटलले थ्री डेटु नाइट बारा पर्साको पर्यटकीय स्थलको अबलोकल प्याकेज सञ्चालन गर्नेछ ।
सुविधासम्पन्न होटल नहुँदा विवाह साथै विभिन्न पार्टी गर्न कै लागि चितवन जाने मध्यम स्तरका भारतीय नागरीकलाई खर्च, दूरी, कमगर्न र रोक्न होटल सहायक बन्ने अध्यक्ष श्रेष्ठको दाबी छ ।
ठूलो होहल्ला गर्ने तर ग्राहकलाई कमजोर सेबा पस्कने प्रबृति रोक्न क्लासीक प्लाजा नमुना प्रमाणित हुने होटल व्यवस्थापनको दाबी छ । सिमरामा भारतीय पर्यटकको थलो बनाउन यो होटलले सुन्दर भूमिका खेल्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्