कोरोनाकालमा एप्पलसँग सम्बन्धित ९ युनिट चीन छोडेर भारतमा «

कोरोनाकालमा एप्पलसँग सम्बन्धित ९ युनिट चीन छोडेर भारतमा

नयाँ दिल्ली-कोरोनाकालमा एप्पलका लागि काम गर्ने ९ युनिट चीन छोडेर भारत आएको केन्द्रीय सूचना प्रविधि मन्त्री रवि शंकर प्रसादले बताएका छन् । यसमा अपरेटिङ र कम्पोनेन्ट निर्माता जस्ता युनिट समावेश छन् ।
म्यानुफ्याक्चरिङ विश्वले आफ्नो वैकल्पिक स्थानको खोजी गरिरहेको बैंगलोरमा आयोजना भएको २३ औं भर्चुअल शंस्करणको अवसरमा केन्द्रीय मन्त्रीले बताएका हुन् ।
मोबाइल म्यानुफ्याक्चरिङमा ठूलो सफलतापछि आफुहरुले प्रडक्सन लिंक्ड इन्सेन्टिभ (पीएलआई)को ठूलो योजना लिएर आएको उनले बताए । यो भन्दा पहिले सामसङ, फक्सकन, राइजिङ स्टार, विस्ट्रान, पेगाट्रान जस्ता कम्पनीले पीएलआई स्कीमका अनुसार आवेदन दिएको उनले यो भन्दा पहिले बताइसकेका थिए ।
प्रविधि सम्मेलनको समयमा उनले कोरोना महामारीको अवधिमा प्रविधिले आफ्नो शक्ति प्रदर्शन गरेको बताएका हुन् । लकडाउनको यात्रा प्रतिबन्धको अवधिमा कार्यथलोलाई परै राखेको उनको भनाई थियो । तर प्रविधिले घरबाट गरिने कामलाई सहज बनाएको उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्