सिमरामा तीन तारे होटल सञ्चालनको तयारीमा «

सिमरामा तीन तारे होटल सञ्चालनको तयारीमा

बाराको सिमरामा तीन तारे होटल क्लासिक प्लाजा एक साता भित्रै सञ्चालनको तयारीमा रहेको छ ।
सिमराको एयरर्पोट रोडमा ५ विगाह क्षेत्रफलमा निर्मण भएको क्लासिक प्लाजा होटलको सम्पूर्ण संरचना निर्माण पूरा भएर यहि साता सञ्चालनमा आउने भएको हो ।
‘भारतीय पर्यटकलाई नेपाली सत्कार र आन्तरिक पर्यटकलाई सुलभ पहुच’ दिने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको क्लासिक प्लाजा प्रालिका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । उनले मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक रहेकाले बाराको सिमरामा साता भित्रै होटल सञ्चालनमा ल्याउन आफ्नो टिम सफल भएको बताए ।
वीरगन्जस्थित सीमा नाकाबाट नेपाल भित्रने भारतीय पर्यटक तथा सिमरा विमानस्थल हुँदै राजधानी प्रवेश गर्ने पर्यटकलाई लक्षित गर्दै सुविधासम्पन्न होटल सञ्चालन हुन लागेको हो ।
पर्सा राष्टिय निकुन्ज, विश्व प्रसिद्ध गढीमाई मन्दिर, सिम्रौनगढलगायतका स्थानले पर्यटकको बसाई लम्बिने र आन्तरिक पर्यटन प्रर्वधनमा जोड दिने विश्वासका साथ होटल सञ्चालनामा ल्याइएको प्रबन्धक पुष्पराज भटटले बताए ।

प्रतिक्रिया दिनुहोस्