चीनमा हुने रुसी प्राकृतिक ग्यासको आपूर्ति कीर्तिमानी उच्च «

चीनमा हुने रुसी प्राकृतिक ग्यासको आपूर्ति कीर्तिमानी उच्च

मस्को-रुसी उर्जा कम्पनी गजप्रोमले चीनमा सुरुको योजनाको भन्दा बढी ग्यासको आपूर्ति गरेको छ । यो सँगै दैनिक आपूर्तिमा झन्डै २५ प्रतिशतले वृद्धि भएको कम्पनीको तथ्यांकले देखाएको छ ।
रुसी ग्यासको चीनमा भएको निर्यात दुई मुलुकबीच भएको सहमती भन्दा बढी भएको छ । नियमित आपूर्तिका अतिरिक्त नोभेम्बर १२ मा दैनिक आपूर्तिमा कीर्तिमानी २५ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो बढी आपूर्ति अक्टोबरमा भएको थियो । उक्त समयमा गाजप्रोमले सहमती भएको भन्दा बढी ग्यास आपूर्ति गरेको थियो ।
रुसले आगामी वर्षदेखि पाइपबाट ग्यासको आपूर्तिलाई थप बढाउने तय भएको छ । यसमा पावर अफ साइबेरिया लिंक र पावर अफ साइबेरिया २ आयोजना समावेश भएको गाजप्रोमले जनाएको.छ ।
पछिल्लो पाइपलाइन यो वर्षको सुरुमा डिजाइन चरणमा प्रवेश गरेको थियो र यसको निर्माण पुरा भएपछि झन्डै ५० अर्ब घन मीटर ग्यास आपूर्ति गर्न सक्षम हुनेछ ।
गाजप्रोमले ३,००० किलोमीटर पावर अफ साइबेरिया पाइपलाइनको माध्यमबाट अतिरिक्त ६ अर्ब घनमीटर ग्यासको निर्यातलाई बढाउने गाजप्रोमले जनाएको छ ।
२०२० को सुरु ८ महिनाको अवधिमा गाजप्रोमले झन्डै २.३ अर्ब घन मीटर ग्यास यो रुटको माध्यमबाट आपूर्ति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्