जर्मन संगुर किसानले १.५ अर्ब गुमाए «

जर्मन संगुर किसानले १.५ अर्ब गुमाए

बर्लिन-कोरोनाभाइरसको महामारी रोक्नका लागि मात्रै ल्याइएका नीतिले सुंगुर उद्योगले मात्रै १.३ अर्ब युरो अर्थात १.५ अर्ब डलर गुमाएको राष्ट्रिय किसान संघ (आईएसएन) को तथ्यांकले देखाएको छ । जर्मन किसानहरुले मार्चदेखि प्रति सुंगुर ६० युरो अर्थात् ७१ डलर गुमाएको संघले जनाएको छ ।
यसैबीच अर्को विपद अर्थात् अफ्रिकन स्वाइन फिभरले किसानमा थप दबाब थपेको छ । यो सहित जर्मन किसानहरुले उनीहरुको आम्दानीमा थप गिरावट आएको छ । कुल उनीहरुले १.५ अर्ब युरो अर्थात १.८ अर्ब डलर गुमाएका छन् ।
आईएसएनका प्रबन्ध निर्देशक टर्सटेन स्टाकले उद्योगमा रेष्टुँरा व्यवसायले पाए जस्तै सहयोग पाउनु आवश्यक भएको बताएका छन् । मूल्य अझैपनि बहु महिनाको कम भएकाले किसानहरुले सरकारी सयहोगबिना संकटको सामना गर्न नसक्ने विषयमा उनले जोड दिए ।
“यदि राजनीतिज्ञले अझै कदम नचाल्ने हो भने कतिपय परिवारले उनीहरुको सुंगुर पालनको व्यवसायनै त्याग्नुपर्ने अवस्था आउन सक्छ,” उनले विज्ञप्तिमार्फत् बताए । यसले देशको पुरै क्षेत्रमा ठूलो असर पर्न सक्ने र देशको सुंगुर आपूर्तिमा अप्ठेरो आउन सक्छ । कोरोनाभाइरस प्रतिबन्धले जर्मन कृषि क्षेत्र नराम्ररी प्रभावित भएको मात्रै होइन रेष्टुँराको अर्डरमा आएको कमीले पनि प्रभावित भएका छन् । बधशालाले पनि क्षमता घटाउन बाध्य भएका छन् ।
चीनले जर्मन आयातमा प्रतिबन्ध लगाएपछि कृषि क्षेत्र नराम्ररी प्रभावित भएको छ । विश्वकै ठूलो सुंगुर खपतकर्ता मुलुक चीनले सेप्टेम्बरदेखि जर्मनमा उत्पादित सुंगुरमा प्रतिबन्ध लगाउदै आएको छ । जर्मनीमा जंगली सुंगुरमा अफ्रिकन स्वाइन फिभर देखिए लगत्तै चीनले जर्मनबाट आयात हुने सुंगुरमा प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्