८.५०% एसबीएल डिबेन्चर २०८४ सूचीकृत «

८.५०% एसबीएल डिबेन्चर २०८४ सूचीकृत

सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच प्रतिअंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको तीस लाख थान ८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको छ ।
बैंकले सर्वसाधारणसमक्ष एनएमबी क्यापिटल लिमिटेडमार्फत ३० लाख थान ८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४ खुला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।
ऋणपत्र सूचीकरण सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र नेपाल स्टक एक्सचेन्जका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्