हान पुर्वअध्यक्ष शाक्यको निधन «

हान पुर्वअध्यक्ष शाक्यको निधन

होटल तथा पर्यटन उद्योगको विकासमा उल्लेखनीय योगदान पु-याउदै होटल संघ नेपालको निवर्तमान अध्यक्ष अमरमान श्रेष्ठको निधन भएको छ ।
शाक्यको मंसिर ५ गते शुक्रबार बिहान ७२ वर्षको उमेरमा स्वर्गारोहण भएको हो । संघले शोक वक्तव्य जारी गर्दै २४ वर्षभन्दा बढी होटल संघ नेपालमा सक्रिय भई अतुलनीय योगदान पु-याएका स्वर्गीय शाक्य यस क्षेत्रमा स्वस्थापित एक कुशल व्यवस्थापक, सरल तथा मिजासिला व्यक्ति हुनुको साथै अतिथ्यता उद्योगको स्तरउन्नति र समग्र पर्यटन प्रबर्धनका एक सक्रिय अभियन्ता रहेको जनाएको छ ।
होटल क्षेत्रमा रोजगारदाता र श्रमिकबीच एकता र सह–सम्बन्ध स्थापित गर्दै औद्योगिकमैत्री वातावरण कायम राख्न शाक्यले महत्वपूर्ण भूमिका निर्वाह गरेको संघले जारी गरेको वक्तव्यमा उल्लेख छ । शाक्यका श्रीमती र दुई छोराहरु छन् ।

प्रतिक्रिया दिनुहोस्