सिमेन्ट परीक्षण गर्न रिद्धि सिद्धिको विशेष योजना «

सिमेन्ट परीक्षण गर्न रिद्धि सिद्धिको विशेष योजना

रिद्धि सिद्धि सिमेन्टले ‘शिलान्यास रिद्धि सिद्धिसँग’ नामक विशेष योजना ल्याएको छ । निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित कम्पनीले यो योजना सार्वजनिक गरेको हो ।
ग्राहकले कम्पनीसँग सम्पर्क गरी आफ्नो घर निर्माणमा प्रयोग हुने सिमेन्टको निःशुल्क परीक्षण गर्न सक्नेछन् । कम्पनीसँग सम्पर्क गरेपश्चात् कम्पनीका प्रतिनिधि निर्माणस्थलमै पुगी निर्माणस्थलको निरीक्षण गरी परीक्षण गराउन प्रयोगशालाका लागि नमुना संकलन गर्नेछन् । सिमेन्टको वैज्ञानिक परीक्षणको शुल्क सुरुमा ग्राहक स्वयम्ले भुक्तानी गर्नुपर्ने तर परीक्षणको रिर्पोट नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप नभएमा सो परीक्षण शुल्क फिर्ता गरिने छ ।
नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप भएमा पहिलो ढलानको लागि खरिद गरिएको सिमेन्टको बिलमा परीक्षण शुल्क घटाइने कम्पनीले जानकारी दिएको छ । यसका लागि न्यूनतम १०० बोरा खरिद गरिएको हुनुपर्नेछ ।
यो योजना प्रथम ५०० जागरुक उपभोक्तालाई लक्षित गरिएको छ र मंसिर महिनाभरको लागि लागु हुनेछ । योजना हाललाई काठमाडौं, ललितपुर, भक्तपुर र कास्की जिल्लामा मात्र लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्