एनएलजी इन्स्योरेन्सले ७.३७% लाभांश वितरण गर्ने «

एनएलजी इन्स्योरेन्सले ७.३७% लाभांश वितरण गर्ने

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारणसभाले ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५÷०७६ को लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरीएको २०७६ असार मसान्तको वासलात, २०७ं५ साउनदेखि २०७६ असार ३१ गतेसम्मको नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीलगायत अन्य विषयसूचीहरु उपर छलफल भइ पारित गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणकाबिच कम्पनीले वेविनारमार्फत केन्द्रिय कार्यालय काठमाडौंमा सभा सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्