माछापुछ्रे क्यापिटलको ६.४% लाभांश पारित «

माछापुछ्रे क्यापिटलको ६.४% लाभांश पारित

माछापुछ्रे क्यापिटल लिमिटेडले ६.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको प्रथम वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६-०७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीको संचित मुनाफा १ करोड ३६ लाख ३९ हजार मध्येबाट चुक्ता पुँजीको ६.४ प्रतिशतका दरले हुन आउने रकम १ करोड २८ लाख रुपैयाँ लाभांश वितरण निर्णय गरेको हो । यस्तै साधारणसभाले कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स् लिमिटेडलाई माछापुछ्रे क्यापिटल लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ । मर्जर पश्चात कम्पनीको नाम माछापुछ्रे कृति क्यापिटल लिमिटेड हुने कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति र संस्थागत परामर्श सेवाको लागि इजाजत प्राप्त गरेको यस कम्पनीले मर्जर पश्चात थप सबल भएर आगामी दिनमा भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी, म्यूच्यअल फण्ड, निक्षेप सदस्य सेवालगायतका अन्य सेवाहरु थप गर्ने र सरोकारवाला सबैलाई विस्तारित सेवा प्रवाह गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्