२० महिनापछिको ग्राउन्डेडपछि बोइङ–७३७ म्याक्स उड्नका लागि तयारः एफएए «

२० महिनापछिको ग्राउन्डेडपछि बोइङ–७३७ म्याक्स उड्नका लागि तयारः एफएए

वासिङटन-झन्डै २ वर्षको प्रतिबन्धपछि बोइङको ७३७ म्याक्स पुनः उड्नका लागि तयार भएको अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले जनाएको छ । बोइङकै सर्वाधिक बिक्रीको विमान ३४६ जनाको ज्यान जानेगरी भएको दुई दुर्घटनापछि उडानबाट प्रतिबन्ध लागेको थियो ।
“विश्वभरीका उड्डयन निकायका असाधारण तहको सहकार्य र स्वतन्त्र समीक्षापछि ढाँचा र प्रमाणिकरण गरिएको हो,” एफएएले जनाएको छ ।
“ति नियामकहरुले बोइङको ढाँचा परिवर्तनलाई औल्याएका छन् । यसमा क्रु प्रक्रिया र तालिम बढाउने लगायतका विषय समावेश छन् । यसले सम्बन्धित मुलुकहरु र क्षेत्रमा विमान उडानको सुरक्षा र वैधताका लागि विश्वास दिलाउने छ,”अमेरिकी उड्डयन निकायले जनाएको छ ।
अमेरिकी एयरलायन्सहरु व्यापारिक प्रयोजनको उडानका लागि डिसेम्बरको अन्त्यमा उक्त विमानलाई सेवामा फर्काउने पहिलो हुने छन् ।
युनाइटेड एयरलायन्स र साउथवेस्ट एयरलायन्सका कार्यकारीहरुले विमान उनीहरुको तालिकामा आगामी वर्षको कुनै समायमा फर्कने अपेक्षा गरेका छन् ।
नियामकहरुले समस्याग्रस्त विमानहरु २०१९ को मार्चमा ग्राउन्डेड गरेका थिए ।
अमेरिकी विद्यायकहरुले कम्पनीमाथि गत वर्ष स्वीकृतीको प्रक्रियामा सम्बन्धित सूचनाहरुको विषयलाई लिएर आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्