कोभिड खोपको सुरुवातले अमेरिकी डलर खस्कने «

कोभिड खोपको सुरुवातले अमेरिकी डलर खस्कने

वासिङटन-कोरोनाभाइरसको महामारीसँग लड्नका लागि ल्याइएको खोपको व्यापक वितरण र चालू अवस्थाको मौद्रिक सहजीकरणले आगामी वर्ष अमेरिकी डलर २० प्रतिशतसम्म ओरालो लाग्न सक्ने सिटी बैंकले जनाएको छ ।
“व्यापक वितरित खोपले बजार तताएपछि यसले अमेरिकी डलर ओरालो लाग्न सक्ने अपेक्षा हामीले गरेका छौ,” अमेरिकी बैंकले अनुसन्धान टिप्पणीमा उल्लेख गरेको छ । “यो अवस्थाका आधारमा डलर ओरालो लाग्न सक्ने छ । अमेरिकी डलर २०२१ सम्ममा झन्डै २० प्रतिशतले अवमूल्यन हुन सक्ने छ,” बैंकले जनाएको छ ।
अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडर्नाले परीक्षण गरिएको खोप ९४.५ प्रतिशत प्रभावकारी हुन सक्ने प्रक्षेपण गरेको छ ।
प्रतिद्वन्द्वी अमेरिकी फाइजर र जर्मन फर्म बायोनटेक ९० प्रतिशत प्रभावकारी हुनेगरी स्थापना गरिएको थियो । रुसी स्पुतनिक भी खोप ९२ प्रतिशत प्रभावकारी भएको विश्वास गरिएको छ ।
डलरको सम्भावित गिरावटमा सिटीको पनि भूमिका रहने भएकाले अमेरिकी केन्द्रीय बैंकले आगामी वर्ष अमेरिकी अर्थतन्त्रलाई सहयोग गर्न सबै प्रकारका उपाय अवलम्वन गर्न सक्ने छ । केन्द्रीय बैंकले भनेको छ,“मुद्रास्फीति अपेक्षा अनुरुप वृद्धि भएपनि व्याज दर तलनै राखिने छ ।”
“लगानीकर्ताले मूल्यलाई चलायमान बनाउन थालेसँगै यो विदेशी विनिमयका लागि महत्वपूर्ण हुने छ । यसले अमेरिकी अर्थतन्त्रलाईनै चलायमान बनाउन सक्ने छ ।” सिटीले भनेको छ ।
अमेरिकी डलरको सूचक अन्य प्रमुख विश्वव्यापी मुद्राको तुलनामा बिहीबार थोरै उकालो लागेको थियो । बिहीबार यो ९२.४३ थियो ।

प्रतिक्रिया दिनुहोस्