वोमी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त «

वोमी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सम्झौता भएको छ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै अब सेयर रजिष्ट्रार (धितोपत्र नामसारी, सेयर दाखिल खारेज, सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने, बोनश सेयर तथा लाभांश पूर्जा वितरण) सम्बन्धी सम्पूर्ण कार्यका लागि कुमारी क्यापिटल लिमिटेडमार्फत सेवा उपलब्ध गराउने लघुवित्तले जनाएको छ । साथै कुमारी क्यापिटलमार्फत सेवा प्रारम्भ हुने मिति सार्वजनिक सूचनामार्फत जानकारी गराइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्