सहुलियतपूर्ण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंक र सुनकोसी गाउँपालिकाबीच सम्झौता «

सहुलियतपूर्ण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंक र सुनकोसी गाउँपालिकाबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । सो सहकार्यसम्बन्धी सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बोहोराले हस्ताक्षर गरे ।
सम्झौता पछि गाउँपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । गाउँपालिकाले सिफारिस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्