एनएमबि बैंकमा भाइबर, फेसबुक र एनएमबि ई–एपबाट खाता खोल्न सकिने «

एनएमबि बैंकमा भाइबर, फेसबुक र एनएमबि ई–एपबाट खाता खोल्न सकिने

एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एपमार्फत पनि खाता र मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा ल्याएको छ । योजनाअनुसार ग्राहकले चौबिसै घण्टा बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्छन् । डिपोजिट पनि तुरुन्तै हुने बैंकले जनाएको छ ।
बचत खाता एनएमबिको सोसिअल अन–बोर्डिङअन्तर्गत खोलिनेछ र मासिक क्रेडिट कारोबारको थ्रेसहोल्डको साथ कारोबारका लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन ५ हजार रुपैयाँसम्म हुने व्यवस्था छ । ग्राहकले पहिलोपटकको कारोबारमा ई–एनएमबि एपको माध्यमबाट ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उही बैंक र अन्य बैंकमा फन्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेसालगायत अन्य धेरै सुविधा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्