नेपाल बैंकका २६ शाखा र ७ एक्सटेन्सन काउण्टर सुरु «

नेपाल बैंकका २६ शाखा र ७ एक्सटेन्सन काउण्टर सुरु

नेपाल बैंक लिमिटेडले आफ्नो ८४औं वार्षिकोत्सव मनाएको छ । कोरोना महामारी जारी रहेकाले स्वास्थ्यको मापदण्ड पालना गर्दै भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले बैंकले विगत १ वर्षमा स्थापना÷पुनःस्थापना गरेका २६ वटा शाखा र ७ वटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरिएको हो ।
अर्थम्न्त्री विष्णु पौडेलले शाखाहरुको उद्घाटन गर्दै आम नागरिकको विस्वास जित्नेगरी सेवा प्रवाह गर्न बैंकलाई निर्देशन दिए । उद्योग व्यवसायको विकास र रोजगारी सृजनामा ठूलो योगदान पु¥याएको भन्दै मन्त्री पौडेलले बैंकले सरकारले लागू गरेका विभिन्न कार्यक्रमहरुको कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्