कर्णालीमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा सुरु «

कर्णालीमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा सुरु

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा सुरु भएको छ । यसअघि पनि दर्जनौ विशेषज्ञ उपचार सेवा दिँदै आएको प्रतिष्ठानले कर्णालीमै पहिलो पटक नाक, कान र घाँटीको विशेषज्ञ उपचार सेवा सुरु गरेको हो ।
नाक, कान र घाँटीको उक्त स्वास्थ्य उपचार सेवा विशेषज्ञ डा. सरोज काफ्लेले गरेका छन् । जुम्लामा धुलो धुँवा तथा खानपानकै कारण नाक, कान र घाँटीका बिरामी धेरै हुने विशेषज्ञ सेवा नपाउँदा बिरामीले सुर्खेत वा नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले नाक, कान, घाँटीको विशेषज्ञ सेवा प्रवाहले कर्णालीबासीले थप सहुलियत पाउने बताए ।

खुलेन प्रतिष्ठानको ताला
एक महिनादेखि प्रतिष्ठानको शैक्षिक प्रशासनमा गरिएको तालाबन्दी अझै खुलेको छैन । उपकुलपतिले एकलौटी निर्णयबाट प्रतिष्ठानलाई आर्थिक भार हुने गरी डिन नियुक्ति गरेको आरोपमा कर्मचारीले गरेको तालाबन्दी अझै खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्