पाण्डेको राजीनामा स्वीकृत, पवनकुमार खड्का बने निमित्त सीईओ «

पाण्डेको राजीनामा स्वीकृत, पवनकुमार खड्का बने निमित्त सीईओ

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छ । कार्यकाल सकिन केही समय मात्र बाँकी रहँदा पाण्डेले राजीनामा दिएका थिए ।
सञ्चालक समितिले पाण्डेको राजीनामा स्वीकृत गर्दै पवनकुमार खड्कालाई मंसिर १ देखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । यसअघि उनी कम्पनीमा नायव महाप्रबन्धकको जिम्मेवारीमा थिए ।
चार्टर्ड एकाउन्टेन्ट पाण्डेले आफ्नै अडिट फर्म सञ्चालन गर्न राजीनामा दिएको जानकारी दिए । इन्स्योरेन्स कम्पनीबाट बाहिरिएर आफ्नै व्यवसाय गर्ने उनले बताए । पाण्डे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएपछि चार वर्षअघि सूर्या लाइफमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्