१०५ कोठा भएको होटल, जसमा आजसम्म कोही बसेका छैनन «

१०५ कोठा भएको होटल, जसमा आजसम्म कोही बसेका छैनन

प्योङयाङ-उत्तर कोरिया आफ्नो अचम्मको कानुन र मिसाइल परीक्षणका कारण पुरै विश्वमा कहलिएको छ । तर, उसँग यस्ता कयौ चिज छन्, जसले मानिसलाई अचम्ममा पार्दै आएको छ । यसमा एक पिरामिड जस्तो आकार र चुच्चो भएको गगनचुम्बी भवन छ । त्यो हो एक होटल । यो होटलको आधिकारिक नाम रयुगयोग हो । तर यसलाई यू–क्यूंगको नामबाट चिनिन्छ ।
उत्तर कोरियाको राजधानी प्योङयाङमा ३३० मीटर उचाइको यो होटलमा कुल १०५ कोठा छन् । तर यसको अर्को अचम्मको कुरा के छ भने यहाँ हालसम्म कोही पनि बसेका छैनन । बाहिरबाट शानदार, तर सुनसान देखिने यो होटललाई भुताहा होटलको नामले चिनिन्छ । यो होटललाई १०५ बिल्डिङको नामले चिनिन्छ । केही वर्ष पहिले अमेरिकी म्यागेजिन इस्क्वायरले यो होटललाई मानव इतिहासकै सर्वाधिक खराब भवनको नाम दिएको थियो ।
यो होटलको निर्माणमा धेरै पैसा खर्च भएको थियो । उत्तर कोरियाको यो होटलको निर्माणमा ७५ करोड डलर खर्च भएको थियो । यो रकम उत्तर कोरियाको जीडीपीको २ प्रतिशत थियो । तर आजपनि यो होटल सुरु हुन सकेको छैन ।
यो होटललाई विश्वकै अग्लो होटलको रुपम बनाउन लागिएको थियो । तर यसको एक फरक पहिचान बनेको थियो । विश्वमा यो होटल अब पृथ्वीकै सर्वाधिक अग्लो सुनसान भवनको रुपमा चिनिदै आएको छ । यसौ कारण यो गिनिज बुक अफ वल्र्ड रिकर्डमा दर्ता भएको छ ।
२००८ मा यसको निर्माण सुरु गरिएको थियो । सुरुमा यो विशालकाय होटल व्यवस्थित गर्न मात्रै करिब १७ अर्ब रुपैयाँ लागेको थियो । यसपछि पुरै होटलमा शीशाले घेरियो र बाँकि साना साना काम गरियो ।

प्रतिक्रिया दिनुहोस्