युनाइटेड इन्स्योरेन्सको निमित्त कार्यकारी प्रमुखमा पौडेल नियुत्त

युनाइटेड इन्स्योरेन्सको निमित्त कार्यकारी प्रमुखमा उपासना पौडेल नियुक्त भएकी छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको करार अवधि समाप्त भई उनलाई बिदा गरेपछि नायब प्रमुख कार्यकारी अधिकृत रहेकी पौडेललाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।
भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गत वर्षको तुलनामा बिमा शुल्क आर्जनमा ४४ प्रतिशतको वृद्धि भएको कम्पनीले जनाएको छ ।