प्रभु लाइफ इन्स्योरेन्सको नाफा २.५ गुणा वृद्धि «

प्रभु लाइफ इन्स्योरेन्सको नाफा २.५ गुणा वृद्धि

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजानिक गरेको छ । वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफा २.५ गुणा वृद्धि भएको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा १ करोड २२ लाख मुनाफा आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ३ करोड ९ लाखभन्दा बढी नाफा कमाएको छ ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले ३ करोड २९ लाख ८२ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ४ करोड १३ लाख ११ हजार पुगेको छ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासन गरी बाँडफाँट गरेपछि पुँजी २ अर्ब पुग्नेछ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा २३ करोड ९१ लाख, जीवन बिमा कोषमा १ अर्ब १९ करोड ४९ लाख रुपैयाँभन्दा बढी सञ्चित गरेको छ ।
सो अवधिमा कम्पनीले २५ करोड ९७ लाखभन्दा बढी बिमा शुल्क आर्जन गरेको छ । गत आवको तुलनामा बिमाशुल्क ९५ प्रतिशत वृद्धि भएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले ५८ जनालाई ६१ लाख ६८ हजार दाबी भुक्तानी गरेको छ भने २ जनालाई ४१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्