मनाङमा समता स्कुल «

मनाङमा समता स्कुल

मनाङमा समता स्कुल सञ्चालनमा आएको छ । मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिका–३ स्थित चामेमा सबैका लागि शिक्षा भन्ने मूल मत्रका साथ मनाङमा पनि समता फाउन्डेसनले समता स्कुल स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
यही ०७५ वैशाख १ गतेबाट समता स्कुल सञ्चालन गरिएको उक्त स्कुलका प्रधानाध्यापक धनमान बिकले बताए । हाल उक्त स्कुलमा प्ले ग्र्रुपबाट नर्सरीसम्मको पढाइ गरिएको र आगामी दिनहरूमा यसलाई बढाउने यस स्कुल सञ्चालन समितिले बताएको बिकले बताए । हाल मनाङको सदरमुकाम चामेमा ४ वटा कोठा भाडामा लिई २ जना शिक्षक र एक सहायकसहित समता स्कुल सञ्लचालन गरिएको छ ।
उक्त स्कुलले हाल सहयोग स्वरुप १ सय ५० रुपैयाँ भर्ना फि र मासिक १ सय रुपैयाँ लिने गरी सञ्चालन गरेको छ । सो स्कुलमा हाल ८ जना विद्यार्थी संख्या छ । विद्यार्थी र अभिभावकको आकर्षण भएकाले विस्तारै विद्यार्थी संख्या बढ्ने विद्यालयका प्रअ धनमान बिकले बताए । विशेष गरी गरिबीका कारण पढ्न नपाएका विद्यार्थीहरूका लागि नेपालको ७७ वटै जिल्लामा समता फाउन्डेसनले सञ्चालनमा ल्याएको हो ।
यस समता फाउन्डेसनद्वारा सञ्चालित समता स्कुल सञ्चालनमा कलाकार हरिवंश आर्चाय र मदनकृष्ण श्रेष्ठको महत्वपूर्ण साथ र सहयोग रहेको कारण पनि यस समता स्कुल सञ्चालनमा सहयोग रहेको संजेलले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्