महालक्ष्मी लाईफको बोनस दर सार्वजनिक «

महालक्ष्मी लाईफको बोनस दर सार्वजनिक

नयाँ कम्पनीमध्ये महालक्ष्मी लाईफले सर्वाधिक बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले अर्थिक वर्ष २०७५-०७६ का लागि बिमितलाई दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्युनतम रुपैयाँ ५० देखि ५२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।
महालक्ष्मी सावधिक जीवन बिमालेखका लागि कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको बिमालेखमा ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बिमालेखका लागि ५२ रुपैयाँ बोनस दर तोकेको छ ।
महालक्ष्मी सरल जीवन बिमालेखका लागि कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको बिमालेखमा ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बिमालेखका लागि ५२ रुपैयाँ बोनस दर तोकेको छ ।
महालक्ष्मी जीवन हेरचार बिमालेखका लागि ५ देखि १५ वर्ष अवधिको ८५ रुपैयाँ र १६ देखि २५ वर्ष अवधिको बिमालेखमा ५१ रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्