सिटिजन लाइफको जीवन बिमा कोष २ अर्बमाथि «

सिटिजन लाइफको जीवन बिमा कोष २ अर्बमाथि

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रकसित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा ६० करोड ८६ लाख ७३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ३५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बिमा शुल्क आर्जन ८२.४९ प्रतिशतले बढी हो ।
१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५४ करोड ३९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३७ करोड ५० लाख रुपैयाँ संचिती रहेको थियो । कम्पनीको जीवन बिमा कोषमा २ अर्ब ८२ लाख रुपैयाँ रहेको छ । महा विपत्ती कोषमा ४ करोड ७० लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ६ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १ लाख रुपैयाँ मात्र मुनाफाआर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २२ प्रतिशतले धेरै हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ११ करोड ४५ लाख ८० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले ६२ करोड ८ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ९४ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बिमा शुल्क आर्जन ८३ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्