धनकुटाको महालक्ष्मी नगरपालिकामा उज्यालो नगर अभियान सुरु «

धनकुटाको महालक्ष्मी नगरपालिकामा उज्यालो नगर अभियान सुरु

धनकुटाको महालक्ष्मी नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ । महालक्ष्मी नगरपालिका–४ चानुवाका बिपन्न परिवारलाई सोलार वितरण गरेर नगरका हरेक घरलाई उज्यालो बनाउँने उद्धेश्यले नगरपालिकाले यसै आर्थिक वर्षदेखि यो अभियान सुरु गरेको हो ।
अभियानको सुरुवात गर्दै महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले आर्थिक अभाव र भौगोलिक विकटताका कारण बिजुली बत्ती बाल्न नपाएका बिपन्न परिवारलाई लक्षित गरी नगरका हरेक घर उज्यालो बनाउँने उद्देश्यले उज्यालो नगर अभियान सुरु गरिएको बताए । उनले भने, ‘अहिले पनि गाउँगाउँका केही घरमा बत्ती छैन । बत्ती नहुँदा टुकी बालेर दैनिकी चलाउनुपर्ने बाध्यता छ ।’ आर्थिक अभाव र भौगोलिक विकटताका कारण कुनै पनि परिवार उज्यालोबाट बञ्चित नहुन् भनेर निःशुल्क सोलार सिस्टम वितरण गर्ने अभियान सुरु गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्