बाइडेनको आर्थिक योजना प्रस्तुत, रोजगारी र नयाँ प्रविधिमा विशेष ध्यान «

बाइडेनको आर्थिक योजना प्रस्तुत, रोजगारी र नयाँ प्रविधिमा विशेष ध्यान

वासिङटन-अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाको असरबाट बाहिरिन र देशमा विकासको विषयलाई लिएर आर्थिक योजना खुलासा गरेका छन् । उनले स्वच्छ उर्जा, रोजगारी सिर्जना र नयाँ प्रविधिमा लगानीको विषयलाई विशेष जोड दिएका छन् ।
उनले हालै भिडियो कन्फरेन्समा नौ व्यवसायी तथा ट्रेड यूनियन नेतासँग आफ्नो योजनाको विषयमा खुलासा गरेका हुन् । उक्त बैठकमा माइक्रोसफ्टका सत्या नाडेला तथा जीएपी इंकका सानिया सिंघलले सहभागीता जनाएका थिए ।
राहत प्याकेजको समर्थन
बाइडेनले भने,“हिरोज कानुनको रुपमा कोभिड राहत प्याकेज पारित गर्न आवश्यक छ । सदनले ६ महिना पहिले हिरोज कानुन पास गरेको थियो । जब हामी भाइरस रोक्छौ र कर्मचारी तथा कम्पनीको आर्थिक राहत प्रदान गर्न सुरु गर्छौ, त्यसपछि हामी यस्तो निर्माण गर्छौ, जुन पहिले भन्दा राम्रो हुने छ ।”
के भने बाइडेनले ?
“हामी यस्तो कुरा गर्छौ कि कसरी हामीसँग अधिक मजबुत हुने अवसर उपलव्ध हुनेछ,” उनले भने । कसरी हामी जुझारु क्षमता बढाउन सक्छौ भनेर उनले बताए । उनले आफ्नो पुरा अभियानको अवधिमा पहिले भन्दा राम्रो योजना बनाउने बारेमा बताए ।
मुडिजको एक स्वतन्त्र विश्लेषणमा १.८६ करोड रोजगारीको अवसरको सिर्जनाको ठोकुवा गरिएको थियो । विद्युतीय सवारीमा ध्यान दिनु आवश्यक भएको बाइडेनको भनाई थियो ।
“हामी जलवायुको अवस्थालाई अत्यन्त राम्रो बनाउने छौ । संघीय सरकारको स्वच्छ उर्जा शोधमा धेरै लगानी गर्नु आवश्यक छ,” बाइडेनले बताए ।
धनीलाई धेरै कर लगाइने
“बाइडेनले कर ढाँचालाई पनि दुरुस्त पार्ने संकेत दिएका छन् । “धनी मानिस र कम्पनीमा आफ्नो उचित योगदान दिउन्,” बाइडेनको विचार थियो ।
अमेरिकामा राम्रो भुक्तानी गर्ने नोकरीको सिर्जना हुने आफ्नो योजना भएको उनले खुलाए । भावि समयको आवश्यकता पूर्ति गर्ने सवारी, उत्पादन र प्रविधि बनाउने विषयमा उनले जोड दिए । जसबाट बाँकि विश्वसँग प्रतिस्पर्धा गर्न अमेरिका सक्षम हुने उनको जिकिर थियो ।

प्रतिक्रिया दिनुहोस्