विश्वको यस्तो टापु, जहाँ सडकदेखि घरसम्म पनि गंगटै गंगटा «

विश्वको यस्तो टापु, जहाँ सडकदेखि घरसम्म पनि गंगटै गंगटा

अस्ट्रेलिया-सामान्य रुपमा गंगटा सडकमा अत्यन्त कम देखिन्छ । तर, अस्ट्रेलियामा यस्तो टापु छ, जहाँ सबैतिर केवल गंगटै गंगटा मात्रै देखिन्छ । यो टापु यस्तो देखिन्छ कि जस्तो कि टापुमा गंगटाको वर्षानै भएको छ । यहाँ सडकदेखि लिएर घर सम्म सबैतिर उनीहरुको राजनै चल्छ । यी गंगटाका कारण यहाँको सडकमा पुरै राताम्य देखिन्छ ।
यो टापुको नाम क्रिसमस हो । जुन, अस्ट्रेलियाको क्विन्सल्यान्डमा अवस्थित छ । क्रिसमस टापुमा प्रत्येक वर्ष करोडौ गंगटा थुप्रिएको देखिन्छ । यी गंगटा सडकदेखि लिएर जंगल, घर, रेष्टुँरा, बार, बस स्टेसन सबैतिर देखिन्छन् ।
नोभेम्बरदेखि जनवरीकोबीचमा क्रिसमस टापुमा गंगटा प्रत्येक वर्ष प्रजननका लागि जंगलको एक छेउदेखि अर्को छेउमा रहेको हिन्द महासागर सम्म यात्रा गर्छन् । गंगटाको प्रजनननको समयमा सरकार टापुको सडकलाई बन्द गरिदिन्छन् ।
क्रिसमस टापुको सडकका यी गंगटाको कारण पुरै राताम्य हुन्छ । यती मात्रै होइनकि हजारौ गंगटा सडकमा गाडी मुनी आएर मर्छन् । यद्यपि ठाउँ–ठाउँमा सवारी साधन विस्तारै चालाउनुहोस् भनेर बोर्ड राखिन्छ । कहिले कहिलेत यी गंगटालाई बचाउन सडक बन्द समेत गरिन्छ ।
क्रिसमस टापु ५२ वर्ष माइल क्षेत्रफलमा पैmलिएको छ र यसमा करिब २००० को बसोबास छ । यसका बावजुद पनि यहाँ ठूलो संख्यामा मानिस यी गंगटा हेर्नका लागि पुग्ने गर्छन् । यो टापु राता गंगटाका लागि अनुकुल मानिन्छ । राता गंगटा अन्य टापुमा बस्न सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्