मेगा बैंकको नाफा वृद्धि «

मेगा बैंकको नाफा वृद्धि

मेगा बैंक नेपाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ३८ प्रतिशत वृद्धि गरेको छ । बैकले गत आवको पहिलो त्रैमासमा ४३ करोड ७४ लाखभन्दा बढी खुद नाफा आर्जन गरेकोमा चालू आवको पहिलो त्रैमासमा वृद्धि भएर ६० करोड ७९ लाख पुगेको हो । चालू आवको पहिलो त्रैमासमा बैकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको बैकले जनाएको छ । सो अवधिमा बैकको वितरणयोग्य नाफा ५ करोड ५६ लाख रहेको छ । चुक्तापुँजी १३ अर्ब १३ करोड ८६ लाख रुपैयाँ रहेको बैकले जगेडा कोषमा २ अर्ब ९९ करोड ९४ लाख, रिटेन्ड अर्निङमा २ अर्ब २९ करोडभन्दा बढी र सेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ सञ्चित गरेको छ । त्यसैगरी बैकले चालू आवको पहिलो त्रैमाससम्ममा १ खर्ब २९ अर्ब ६१ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ खर्ब १७ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैकको प्रतिसेयर आम्दानी १८.२१, मूल्य आम्दानी अनुपात १२.६३, तरलता अनुपात २२.३६ प्रतिशत र प्रतिसेयर नेटवर्थ १४०.४८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्