जीवन बिमक संघ नेपालको नयाँ कार्यसमिति «

जीवन बिमक संघ नेपालको नयाँ कार्यसमिति

जीवन बिमक संघ नेपालको प्रथम साधारणसभाबाट निर्मलकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । गत मंगलबार भएको साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको हो । श्रेष्ठ मेटलाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान उपाध्यक्ष हुन् ।
त्यसैगरी उपाध्यक्षमा पोषक राज पौडेल निर्वाचित भएका छन् । उपाध्याय सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र संघको निवर्तमान महासचिव हुन् । यस्तै महासचिवमा सन नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल निर्वाचित भएक छन् । उनी अघिल्लो कार्यसमिति सदस्य रहेका थिए । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रविनरमण पराजुली संघको कोषाध्यक्षमा निर्वाचित भएका छन् । कोषाध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो । त्यसैगरी सदस्यहरुमा ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रि, राष्ट्रिय बिमा संस्थानका प्रसासक कविप्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण, गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई, आईएमइ लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्