सिटिजन्स बैंकको साधारणसभा मंसिर २० गते «

सिटिजन्स बैंकको साधारणसभा मंसिर २० गते

citi

सिटिजन्स बैंक इन्टरनेशनलको वार्षिक साधारणसभा यही मंसिर २० गते हुने भएको छ । बैंकको कात्तिक २८ गते बसेको ३४७ औं सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्ममार्फत साधारणसभा गर्ने जानकारी दिएको छ ।
कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । हाल बैंकले १११ वटा शाखा, ९९ ओटा एटिएम र १०४ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करीब साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्