बलेवा विमास्थलमा पक्की धावनमार्ग बन्दै «

बलेवा विमास्थलमा पक्की धावनमार्ग बन्दै

बागलुङ-जिल्लाको नारायणस्थानमा रहेको बलेवा विमानस्थलले आगामी जेठ मसान्त भित्रैमा पक्की धावनमार्ग पाउने भएको छ । बागलुङ नगरपालिका वडा नं. १४ मा रहेको विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने काम थालिएको हो ।
विमानस्थलमा पक्की धावनमार्ग, दायाँ बायाँ अत्याधुनिक नाली तथा विमान स्थलको चारैतिर व्यवस्थित रुपमा तारजाली लगाइने छ । नागरिक उड्यान प्राधिकरणको बहुवर्षीय योजनाअन्तर्गत विनियोजित ७ करोड बजेटबाट काम भइरहेको प्रधिकरणका प्रतिनिधि दिपक बगालेले बताए । विमानस्थल स्तरोन्नतीको जिम्मा काष्ठमण्डप एण्ड उमादेवी कम्पनी जेभीले पाएको छ । प्रधिकरणले पहिलो चरणमा धावनमार्गको कटिङका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको थियो । गत आर्थिक वर्षमै कटिङ र धावनमार्ग कालोपत्रेका लागि ग्राभेलको काम सक्न लक्ष्य राखेको भएपनि लामो समयको वर्षा र कोरनाको महामारीका कारण काम प्रभावित बनेको निर्माण कम्पनीले जनाएको छ ।
विमान अवतरणका लागि आवश्यक भौतिक पूर्वाधार अभावकै बीचमा सञ्चालन गरिएको विमानस्थल वर्षातको समयमा बन्द गर्नुपर्ने बाध्यता थियो । विमानस्थलको स्तरोन्नति भएसँगै सुलभ र सुरक्षित तरिकाले सेवा सञ्चालन गर्ने सकिने बगालेले बताए । विमानस्थल बाहै्र महिना सञ्चालनका लागि तयार गर्न प्राधिकरणले गत फागुन महिनाबाट काम सुरु गरेको थियो । धावनमार्ग कटिङको काम चलिरहेको बखत देखिएको कोरना महामारी र त्यसबाट सिर्जित लकडाउको कारण काम रोकिन पुगेको थियो ।
विमानस्थलको धावन र्मागको कटिङको काम सकेर ग्राभेलको काम सुर गरेको निर्माण कम्पनीले जनाएको छ । “कटिङको काम सकेर अहिले धावनमार्गमा ग्राभेल गर्ने काम गरिरहेका छौं” निमार्ण कम्पनीका प्रतिनिधि बासु थापाले भने, “तारवार गर्ने र नालि निर्माणको काम पनि सँगसँगै अगाडी बढाएका छौ्र, विमानस्थल हुँदै निर्माण गरिको कलिगण्डकी कोरिडोरसँगको समन्वयमा ग्राभेलका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्खनन् गरिएको उनले बताए ।
विमानस्थल आगामी जेठ महिनासम्ममा सञ्चालनमा ल्याउने गरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । कालेपत्रे सम्पन्न भएसँगै विमानस्थलको धावनमार्ग ६ सय मिटर लामो र २३ चौडा हुने छ । स्थानीयको अगुवाइमा निर्मित विमानस्थले केही समय जहाज अवतरण भएपनि २६ वर्षयता बन्द अवस्थामा थियो । साढे दुई दशक यता बन्द विमानस्थल बागलुङ नगरपालीकाको अगुवाइमा २०६४ चैत्रवाट केही समय सञ्चालनमा आयो ।

प्रतिक्रिया दिनुहोस्