सिजीका उत्पादन नेपाली उपभोक्ताको आवश्यकता अनुसारका छन्
सिजी नेपालले दसैं तिहारलाई लक्षित गरी नाइट सिरिजको वासिङ मेसिनका विभिन्न मोडल र सुविधा तथा फिचर भएका सामग्रीहरु सार्वजनिक गरेको छ । आधुनिक प्रविधिको प्रयोग गरेर ग्राहकको आवश्यक्तालाई सम्बोधन गर्नेगरी नयाँ नयाँ उत्पादन बजारमा ल्याएको कम्पनीले जनाएको छ । प्रस्तुत छ यसै विषयमा सिजीका सहायक जनरल म्यानेजर विष्णुप्रसाद ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश ।
सिजीले हालै सार्वजनिक गरेको नाईट सिरिजको वासिङ मेसिनलगायतका विद्युतीय सामग्रीका विशेषता के हुन् ?
नाईट सिरिजको वासिङ मेसिनमा ‘स्पा केयर’, ‘बिएलडिसी मोटर’, ‘वाटर क्युब ड्रम’, ‘स्वाइल लेबल’ र ‘उल मार्क’ रहेको छ । ‘स्पा केयर’को सहायताले ७० डिग्रीसम्म तापक्रममा वाफ उत्पन्न गरी कपडामा रहेको किटाणु एवम् यसमा रहेको दुर्गन्धलाई ९९.९९ प्रतिशतसम्म स्टरलाइज गर्दछ । यसमा ‘बिएलडिसी मोटर’ को प्रयोग गरिएको हुनाले अरु मोटरको तुलनामा ७० प्रतिशतसम्मको इनर्जी बचत गर्दछ र यो मोटरमा कम्पनीले १० वर्षको वारेन्टी प्रदान गरेको छ । त्यस्तै यसको अर्को विशेषतामा ‘वाटर क्युब ड्रम’ पर्दछ । यो वासिङ मेसिनमा २१९६ वटा प्वालहरु रहेका छन् र प्रत्येक प्वाल २.४ मिलिमिटर व्यासको साइजमा छन् । यो ड्रमको सहायताले कपडालाई मज्जाले मसाज गरी यसमा रहेको जिद्दी दागलाई हातैले धोएको जस्तै सजिलै हटाउने गर्दछ ।
यो वासिङ मिसिनमा ‘स्वाइल वास’ प्रोग्राम रहेको छ । जसको कारण कपडामा रहेको मैलाहरुलाई मापन गरी गहिराइमा गएर धुलाई गर्दछ । यसमा तपाइँहरुले तीन वटा छुट्टाछुट्टै लेबल देख्नुहुनेछ । तपाइँको आवश्यकता अनुरुप यसलाई छानी–छानी प्रयोग गर्न सक्नुहुनेछ ।
यस्को अर्को महत्वपूर्ण विशेषता भनेको ‘याड गार्मेण्ट फङ्सन’ हो । यसमा बटमको माध्यमबाट ३ सेकेण्ड होल्ड गरेर चल्दा चल्दै गरेको मेसिनलाई रोकेर अरु कपडा समेत थप्न सकिन्छ ।
जाडो महिनालाई मध्यनजर गरी यस वासिङ मेसिनमा ‘उल प्रोग्राम’ पनि राखिएको छ । जसले गर्दा तपाइँहरुले जाडोमा प्रयोग हुने कपडाहरूलाई सजिलै धुन सक्नुहुनेछ । यो वासिङ मेसिन ८ र ९ केजी साइजमा उपलब्ध छ ।
सिजिले नाइट सिरिज नेपाली बजारमा ल्याउनुको कारण के हो ?
हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै ‘स्पा केयर स्टिम जेनरेटर टेक्नोलोजी’ सहितको यो मेसिन बजारमा ल्याएका हौं । यसले ९९.९९ प्रतिशत स्टेरलाइज गर्दछ । यसले एकातिर हाम्रा उपभोक्ताको मागलाई सम्बोधन गर्छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय बजारमा आएको नबिनतम् टेक्नोलोजी तथा इनोभेसन भित्र्याउने सिजीको लक्ष्यलाई समेत पूरा गर्न हामीले यो नयाँ सिरिजको वासिङ मेसिन नेपाली बजारमा लन्च गरेका हौं ।
नेपाली बजारमा यस्को कम्पिटिसन कोसँग हुने अनुमान छ ?
बजारमा मल्टिनेशनल कम्पनीका ब्राण्ड एलजी, सामसङ्ग, आइएफबीलगायत धेरै ब्राण्डहरूसँग कम्पिटिसन गर्नु पर्दछ ।
नेपाली बजारमा वासिङ्ग मेसिन जस्ता घरायसी विद्युतीय सामानको माग कति छ ?
नेपाली बजारमा यस्को माग बढ्दो क्रममा छ । बढ्दो शहरीकरण, व्यस्त जीवनशैली तथा एकल परिवारको बढ्दो ट्रेण्डले गर्दा यस्को माग दिनानुदिन बढ्दो अवस्थामा रहेको छ ।
घरायसी विद्युतीय सामानमा सिजीको बजार हिस्सा कति छ ?
हाम्रो सबैभन्दा बढी प्रोडक्ट रेन्ज छ । सबै भन्दा ठूलो डिलर नेटवोर्कको साथै सबै भन्दा ठूलो सर्भिस नेटवर्क पनि रहेको छ । यसैगरी सबै भन्दा बढी सेल्स टर्न ओभर छ त्यसैले सिजी नेपालको नम्बर वान ब्राण्ड हो । तसर्थ नेपाली बजारमा सिजी उल्लेखनीय हिस्सासहितको चिरपरिचित ब्राण्ड हो ।
समस्त उपभोक्ताताहरूलाई ईलेक्ट्रोनिक्स प्रोडक्ट खरिद गर्दा कम्पनीको विश्वसनीयता र सर्भिसलाई समेत ख्याल राख्दै आफ्नो मिहिनेतको कमाइको सदुपयोग गर्नु हुन समेत अनुरोध गर्दछु ।