मेरो माइक्रोफाइनान्स नवौं वर्षम प्रवेश «

मेरो माइक्रोफाइनान्स नवौं वर्षम प्रवेश

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको अवसरमा संस्थाले अनौपचारीक कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा मेरोमाइफोफाइनान्सले नेपालको लघुवित्त क्षेत्रमा छुट्टै किसिमको ब्राण्ड बनाएको बताए ।
देशका गणनीय ८ वटा वाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहने गरी २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना भएको हो ।
संस्थाले कर्जातर्फ बिना धितो सामूहिक जमानी कर्जा र धितो कर्जाअन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बिमा र रेमिटान्स सेवा प्रवाह गर्दै आएको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा सुरुवात गरेको छ ।
संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय सेवा पु¥याएको संस्थाले नवौंैं वर्षमा आइपुग्दा देशको ५९ जिल्लामा १२० शाखा सञ्जालमार्फत १ लाख १८ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु¥याउन सफल रहेको छ । त्यसैगरी हालसम्म रु. १ अर्ब ८४ करोड बराबर निक्षेप संकलन गरी रु. ८ अर्ब २५ करोडभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्