पीसीआर रिपोर्ट अनिवार्य गरेपछि पर्यटक घटे «

पीसीआर रिपोर्ट अनिवार्य गरेपछि पर्यटक घटे

पोखरा-गत कात्तिक २२ गतेदेखि अनिवार्य रुपमा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने नियम लागू भएसँगै मर्दी हिमाल र माछापुछ्रे मोडल ट्रेकमा जाने पर्यटकको संख्या ह्वातै घटेको छ । पोखरासहितका धेरै क्षेत्रमा कोरोना संक्रमण दर बढेसँगै कोरोनाको जोखिम न्युनिकरण गर्न कडाइ गरेसँगै पर्यटकको आवागमनमा कमि आएका माछापुछ्रे मर्दी हिमाल मोडेल ट्रेक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।
उनले भने, “दसैं तिहार पर्वको अवसरमा माछापुछ्रे र मर्दी हिमाल मोडेल ट्रेकमा जाने पर्यटक दैनिक जसो करिब एक सय भन्दा बढी हुने गरेकोमा हिजोआज घटेर १० देखि १५ जनासम्म जाने गरेका छन् ।” केही पर्यटकहरु सामुहिक रुपमा गए पनि एक जनाको मात्र पीसीआर रिपोर्ट पेश गर्दै एकै ठाँउमा बस्ने गरेकाले एक जनाबाटै त्यसको नतिजा आउने कुरा उल्लेख गर्ने गरेको अध्यक्ष गुरुङले गुनासो गरे । मंगलबार २२ जना पर्यटकहरु उक्त क्षेत्रमा गए पनि बुधबार भने ८ जना मात्र घुमघाममा निस्केको उनले जनाए । कोरोनाको संक्रमण दर बढेका बेला थोरै तर गुणस्तरका पर्यटकहरुले स्वास्थ्य मापदण्डका कुरालाई पालना गर्दै आगमन हुँदा आफूहरुले गाँउमा स्वागत गर्ने गरेको अध्यक्ष गुरुङले जनाए ।
कास्कीको माछापुच्छ«े गाउँपालिकाअन्र्तगत वडा नम्बर ७, ८, ९ र धम्पुस, अष्ट्रेलियन क्याम्प तथा मर्दी हिमाल एवं माछापुच्छ«े मोडल ट्रेकका होटल व्यवसायीहरुको हालै बसेको एक बैठकले गाउँ प्रवेशमा पीसीआर रिपोर्ट अनिवार्य हुनु पर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्