तिहारमा नबिल बैंकको सामाजिक सन्देशमुलक भिडियो सार्वजनिक «

तिहारमा नबिल बैंकको सामाजिक सन्देशमुलक भिडियो सार्वजनिक

नबिल बैंकले सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देशसहितको तिहार भिडियो सार्वजनिक गरेको छ । बैंकले दसैंको बेला पनि सुरक्षित तवरले दसैं मनाऔं भन्ने सन्देशको एउटा भिडियो सार्वजनिक गरेको थियो, जसलाई धेरैले मन पराएका थिए ।
उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनसँग मिल्न गएकोले उक्त भिडियोले लाखौंको मन छुन सफल भएको बैंकले जनाएको छ । उक्त भिडियो १३ लाख जनाले हेरेको बैंकले जनाएको छ । तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिक रुपमाभन्दा भावनात्मक रुपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश दिन खोजेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्