साढे ११ लाखसहित १४ जना जुवाडे पक्राउ «

साढे ११ लाखसहित १४ जना जुवाडे पक्राउ

लमजुङ प्रहरीले जुवा तास खेल्दै गरेको अवस्थामा साढे ११ लाख रुपैयाँसहित १४ जना पक्राउ गरेको छ । जिल्लाको मध्यनेपाल नगरपालिका–१ जिताबाट ११ लाख ४७ हजार ४ सय ४२ रुपैयाँसहित १४ जनालाई पक्राउ गरेको हो ।
स्थानीय सुदीप थापाले सञ्चालन गरेको बाख्रा फर्ममा जुवा खेल्दै गरेका समूहलाई पक्राउ गरको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सुन्दरवजार–९ का रामबहादुर गुरुङ, गोरबहादुर गुरुङ, कुलबहादुर गुरुङ, रामचन्द्र घर्ती, योगेन्द्र श्रेष्ठ, सुन्दरवजार–७ का कृष्णबहादुर अधिकारी, सुन्दरवजार–४ का देव दोङ, मध्यनेपाल–३ का सन्देश थापा, तनहुँ आवुखैरेनीका सुरेन्द्र मगर, तनहुँ भानुका कृष्णप्रसाद सापकोटा, तनहुँ व्यासका प्रेमबहादुर अधिकारी, कास्की रुपाका रामबाबु भट्टराई, र गोरखाका नरेन्द्र तामाङ र आकाश तामाङ छन् ।
प्रहरीले उनिहरूको साथबाट नगद रु तिन प्याक नयाँ तास र तिनसय १५ पत्ती खुल्ला तास बरामद गरेको जनाएको छ । पक्राउ परेका १४ जनालाई जिल्ला प्रहरी कार्यलय ल्याई जुवा सम्वन्धी कसुरीमा कारबाही प्रक्रिया अघि बढाईएको प्रनाउ थापाले बताए ।
तिहार लागेसँगै जुवा तास नियन्त्रणमा लमजुङ प्रहरीले सक्रियता बढाएको छ । चाडपर्वका नाममा समाजमा गैरकानुनी ढङ्गका गतिविधि सञ्चालन गर्ने जो कसैलाई पनि कानुनी दायरामा ल्याउने भन्दै यस्ता अवाञ्छित क्रियाकलाप हुन नदिन सादा पोसाकमा प्रहरी खटाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्