सवारी दुर्घटनामा परी चालकको मृत्यु «

सवारी दुर्घटनामा परी चालकको मृत्यु

रामेछाप जिल्लाको मन्थली नगरपालिका–२ स्थित सोतीमा भएको सवारी दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
दोलखाबाट ओखलढुंगा हिडेको युनाइटेड सप्लायर्स ओखलढुंगाको प्रदेश–३–०१–००६ ख ३२० नंम्बरको मालवाहक भेन दुर्घटना हुँदा उदयपुर कटारी–४ का ३२ वर्षीय चालक प्रदीप कार्कीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शंकर श्रेष्ठका अनुसार– कोल्ड ड्रिङ्क्स र तरकारी बोकेर हिँडेको उक्त गाडि मंगलबार राति करिब १२ बजेको समयमा दुर्घटनको जानकारी पाएपछि घटनास्थलबाट चालक कार्कीलाई उद्धार गरी मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचारका लगिएको भए पनि र बिहानीपख २ः३० बजे डाक्टरले मृत घोषणा गरेको थियो । उनले चालक मात्र फेला परेको उक्त गाडी सडबाट करिब ५० मिटर तल खसेको बताए ।

प्रतिक्रिया दिनुहोस्