वायोग्यास निर्माण सम्झौता «

वायोग्यास निर्माण सम्झौता

धनगढी-धनगढी उपमहानगरपालिकाले बायोग्यास प्लान्ट निर्माणमा लागि देव टे«डिङ एण्ड मेनेजमेन्ट सर्भिस सेन्टरसँग सम्झौता गरेको छ । सम्झौतामा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रतिनिधि दिपक पौडेल र देव ट्रेडिङ एण्ड मेनेजमेन्ट सर्भिस सेन्टरका प्रतिनिधि रविनकान्त पन्तले हस्ताक्षर गरेका हुन् ।
देव ट्रेडिङ एण्ड मेनेजमेन्ट सर्भिसका प्रतिनिधि रवीनकान्त पन्तले आयोजनाले नगरबाट निस्केको सडेर जाने फोहरबाट ग्याँस र मल उत्पादन गर्न सहज हुने बताए । त्यसैगरी धनगढी उपमहानगरपालिकामा निर्माण हुने एकिकृत फोहरमैला व्यबस्थापन केन्द्र निर्माणका लागि छलफल ससमेत थालिएको छ । उपमहानगरपालीकाले देशकै ठूलो र व्यवस्थित एकिकृत फोहरमैला व्यवस्थापन केन्द्र वडा नं २ स्थित मोहना नदीसँगै जोडिएको जग्गामा निर्माण गर्ने तयारी थालिएको छ । यसका लागि सम्पूर्ण अध्ययन तथा प्रारुप तयार पारी सकेकाले निर्माणका लागि वातावरण बनाउन स्थानीय सरोकारवालाहरूसँग छलफल सुरु गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।
उनले भने, “यो आयोजना देशकै सबैभन्दा ठूलो हो । यसमा एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माणका साथै बायो ग्याँस प्लान्ट निर्माण गरिने भएको छ ।” एसियाली विकास बैंकको अनुदान सहित ६५ करोड ऋण सहयोगमा एकिकृत फोहर मैला व्यवस्थापन केन्द्र निर्माण हुन थालेको धनगढी उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले बताए ।
त्यसैगरी सोही–आयोजना अन्तरगर्त २० करोडको लगानीमा वाँयो ग्याँस प्लान्ट निर्माण गरिने भएको छ । आयोजनाले २९ हेक्टर क्षेत्रफल ओगट्ने भएको छ भने २२ हेक्टरमा संरचनाहरू निर्माण हुने छन् । आयोजना निर्माण भएपछि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २ सय जनाले रोजगारी पाउने पनि वातावरण अधिकृत अवस्थीले बताए । यो ठूलो योजनाहो धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जीनियर डिजराज भट्टले भने,यसका बारेमा स्थानीयहरू संग छलफल सुरु गरेका छौं । आयोजना निर्माण भएपछि मोहना नदिमा तटवन्ध हुने र त्यसले कटान रोकिने, आयोजना निर्माण क्षेत्रमा सडक तथा पुल समेत निर्माण हुने इन्जिनियर भट्टले जानकारी दिए । आयोजना ५ बर्ष भित्रै निर्माण सम्पन्नहुने भएको छ । दुई वर्ष सम्म अध्ययन तथा स्टिमेट बनाउनमा खर्चिएको भएपनि अभौतिक संरचना निर्माणका लागि टेण्डर प्रक्रियामा लैजाने अन्तिम तयारी भइरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्