ट्याम्केमैयुङ बन्यो जिल्लाकै पहिलो अँध्यारोमुक्त गाउँपालिका «

ट्याम्केमैयुङ बन्यो जिल्लाकै पहिलो अँध्यारोमुक्त गाउँपालिका

भोजपुरको पश्चिमी क्षेत्रमा रहेको ट्याम्केमैयुङ गाउँपालिका जिल्ला कै पहिलो उज्यालो गाउँपालिका घोषणा भएको छ । गाउँपालिकालाई प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले उज्यालो घोषण गरेका हुन् ट्याम्केमैयुङ गाउँपालिकाको ६ करोड ६० लाख, विद्युत प्राधिकरणको ६ करोड २० लाख संघीय सरकारको ५० लाख र प्रदेश सरकारको लगानीमा विजुली विस्तार गरी पालिकालाई उज्यालो घोषणा गर्न सफल भएको ट्याम्केमैयुङ गाउँपालिकाका अध्यक्ष धुव्र राईले बताए ।
पालिकाको वडा वडामा विद्युत् विस्तार हुँदा ३ हजार ७ सय ३८ घरपरिवार लाभान्वित बनेका छन् । कुपी र ,सोलारका भरमा बस्दै आएका गाउँपालिकावासीहरू पालिका उज्यालो घोष्णा हुँदा हर्सित बनेका छन् ।मन्त्री राईले ट्याम्केमैयुङ गाँउपालिका प्रदेश एककै पहिलो अँध्यारोमुक्त पालीका घोषणा भएको बताएका छन् । पालिकालाई उज्यालो घोषण गर्न नेपाल विद्युत् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङसँग बारम्बार फोन मार्फत छलफल गरी बजेट हाल्न अनुरोध गरेको उनको भनाइ छ। उनले ट्याम्केमैयुङ पछि पौवादुङमा गाउँपालिका पनि उज्यालो घोषण हुने गरी काम अगि बढिरहेको बताए।
भोजपुरमा हालसम्म ४८ प्रतिशत मानिसहरू विद्युतको पहँुचमा रहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रविनबावु घिमिरेले जानकारी दिए । पछिल्लो समय भोजपुरका सबै स्थानीय तहमा विद्युत् विस्तारको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्