स्वास्थ्य शिविरबाट ४ सय बढी लाभान्वित «

स्वास्थ्य शिविरबाट ४ सय बढी लाभान्वित

संखुवासभाको चिचिला गाउँपालिकामा आयोजना गरिएको स्वास्थ्य शिविरमा ४ सय बढी लाभान्वित भएका छन् । कात्तिक २३ देखि सुरु भएको ३ दिने शिविर समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख पाशाङ्गनुर्वु शेर्पाले ४ सय १६ जनाले निःशुल्क सेवा पाएको जानकारी दिए । उनले चिचिला गाउँपालिका भित्रका ५ बडाका बिपन्न परिवार, आर्थिक अवस्था कमजोर भएका, असक्त र वृद्धावृद्धाका लागि शिविर लाभदायी भएको धारणा राखे ।
चिचिला गाउँपालिकाको आग्रहमा सोलुखुम्बु पोलिक्लिनीक एकेडेमी र बियुल एक्सपे्रन्ससको संयुक्त आयोजनामा गरिएको शिवीरमा डक्टर मिङ्मा ग्याल्जेन शेर्पा सहितको टोलिले मुटु, स्त्रीरोग, हाडजोर्नी,एक्सरे, साथै जेनरल मेडिकल, भिडियो एक्सरे, ईसीजी, र ल्यावटेष्टलगायतका सेवा प्रदान गरिएको थियो ।
चिचिला गाउँपालिकाले बिगतका वर्षहरूसमेत बिभिन्न अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको चिचिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुक्रादेवी राईले बताइन् । उनले कोरोना महामारीको अवस्थामा विशेष सुरक्षा नीति अपनाई सफलतापूर्वक शिविर सम्पन्न गर्न सहयोग गरेकोमा सहयोगी संस्थाहरू सोलुखुम्बु पोलिक्लिनिक एकेडेमी र बियुल एक्सपे्रन्ससलाई धन्यवाद प्रकट गर्दै दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै आगामी दिनमा समेत निरन्तर रूपमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्