Logo

पक्रैयामा एक घर एक धारा

रुकुम पश्चिम सानिभेरी गाउँपालिका–१ पक्रैया गाउँका १ सय ६१ घरधुरीमा एक घर एक खानेपानीको धारा पुगेको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत खानेपानी सरसफाई तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमको ७८ लाख बजेट र जनश्रमदान १९ लाख गरी कुल जम्मा ९७ लाख बजेटबाट ५ वटा ट्यांकी र कुल ५ किलोमिटरको दुरीबाट पाइपलाइन विस्तार गरिएको हो । सियाला, भण्डारबन पक्रैया चिसापानी बृहत् खानेपाली आयोजना सम्पन्न भएपछी पक्रैयाबासीको घरघरमा खानेपानीका धारा पुगेको हो ।
कर्णाली प्रदेश संसद गोपाल शर्माले उक्त खानेपानी आयोजनाको उद्घाटन गरे । सांसद शर्माले खानेपानी उद्घाटन गर्दै खानेपानीको अभावमा पक्रैया बासी महिलाहरुले धेरै वर्ष देकोको पीडा अन्त्य भएको घोषणा गरे । कम्युनिष्ट सरकारले छोटो समयमै सबैको घरमा खानेपानी पर्याउन सफल भएकोमा आफू लगाएत स्थानीय तथा प्रदेश सरकार खुसी भएको उनले बताए । सांसद शर्माले धेरै बर्ष देखी खानेपानीको हाहाकार अन्त्य गर्न सहयोग पुर्याउने खाने पानी सिंचाई तथा उर्जा विकास कार्यालयका कर्मचारी सानीभेरी गाउँपालिका सरकार, उपभोक्ता समिति तथा योजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद व्यक्त गरे । त्यहाँका पक्रैयाका नागरिकले यसअघि टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्