वर्ष दिनमै ३ अभिभावक गुमाएका टुहुरा बालबालिकाहरूका लागि आर्थिक सहयोग जुट्दै «

वर्ष दिनमै ३ अभिभावक गुमाएका टुहुरा बालबालिकाहरूका लागि आर्थिक सहयोग जुट्दै

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–१० का एक नाबालकले हिन्दुहरूको धर्मअनुसार एक वर्षभित्रै बुबा हजुरबुबा र हजुरआमा गुमाएका ४ टुहुरा बालबालिकाका लागि आर्थिक सहयोग रकम जुट्दै गएको छ ।
एक वर्षभित्रै तीन जना अभिभावक गुमाएका युवराज कुमाल र उनको पारिवारिक स्थितिका बारेमा बिभिन्न सञ्चार माध्यमबाट समाचार प्रकाशित भएपछि अहिले देश विदेशमा रहेका मनकारी व्यक्तिहरूले सहयोग गरिरहेका छन् ।
एक वर्षमा नाबालककै उमेरमा ३ अभिभावक गुमेपछि युवराजको घरमा हिजो–आजका दिनहरूमा बिहान र बेलुकी ओद लाग्र्ने घर बास बस्र्ने ठाउँ त परै छ एक गास खान पनि धेरै समस्या भएको छ । ३ अभिभावकको काजकिरिया गर्नको लागी छर छिमेकीहरूको साना सहयोगमा भए पनि हिजो आजका दिनहरूका यी ४ नाबालकको दैनिकी आँशुमा बगिरहेको छ । जीवन निर्वाहका लागि सहयोगी हातहरू खेनिरहेका छन् ।
यो दरदनाक समचार बाहिर आएपछि नाबालकको जीवन बचाउनका लागि समचार प्रसारण सरकारी वकिल कार्यालय कैलालिका सहायक जिल्ला अधिवक्ता सुरबहादुर परियारले २५ हजार सहयोग गरेका छन् । त्यसैगरी धादिङ घर भै हाल काठमाडौं बस्दै आएका सञ्चारकर्मी राजन अधिकारीले १० हजार सहयोग गर्ने भएका छन् । यस्तै पुख्र्याैली घर मुगु भई हाल बेलौरी नगरपालिका–१ गोकुलपुर निवासी दक्षिण कोरियामा कार्यरत दिलबहादुर शाहीले टुहुरा कुमाल परिवारका लागि १० हजार सहयोग गरेका छन् । पत्रकार दिनेश दाहालले १० हजार र युवा ब्यवसाय भुपेन्द्र कुँवरले २० हजार सहयोग गरेका हुन् ।
संकलित सहयोग रकम सबै एक मुस्ट रूपमा तिहारपछि कुमालको घरमै गई हस्तान्तरण गरिने नेपाल पत्रकार महासंघ शाखा मुगुका अध्यक्षय नृपेन्द्रबहादुर मल्लले बताएका छन् ।

दानबहादुर बुढा

प्रतिक्रिया दिनुहोस्