तिहारमा सबैं वाणिज्य बैंकका शाखा बन्द «

तिहारमा सबैं वाणिज्य बैंकका शाखा बन्द

नजिकिँदै गरेको तिहारमा तीन दिनसम्म वाणिज्य बैंकका शाखा कार्यालयहरु बन्द हुने भएका छन् । बैंकका करिब ६ हजार कर्मचारीसमेत कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गएको बताउँदै नेपाल बैंकर्स संघले सूचनामार्फत् कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तिहार विदामा बैंक गर्न लागेको हो ।
बैंकका सबै शाखाहरु बन्द हुने भएता पनि डिजिटल बैंकिङ्ग सेवा सुचारु हुने भएकाले सोही माध्यमबाट कारोबार गर्न पनि संघले भनेको छ । साथै, सोे अवधिमा एटीएम सेवासमेत यथावत रुपमा प्रयोग गर्न सकिनेछ ।
कोरोना भाइरस संक्रणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङ्गको अधिकत्तम प्रयोग गर्न पनि संघले भनेको छ । विश्वव्यापी रुपैम फैलिएको कोरोनाको संक्रमण मुलुकमा पनि बढदै गएको र पछिल्ला केही दिनहरुमा सो संख्या झन् बढ्दै गएको भन्दै संघले ग्राहकलाई घरबाटै कारोबार गर्न तथा आफू र अरुलाई सुरक्षित राख्न सुझावसमेत दिएको छ ।
गत वर्ष दसैं तथा तिहारको बिदामा समेत समिति बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्