Logo

साओमीको पोकोफोन एफवान नेपाली बजारमा

यो स्मार्टफोनले ब्रान्डको मिसनलाई राम्रोसँग बाँधेर राखेको छ । यो फोनको विशेषता भनेको यसमा प्रयोग भएको अत्याधुनिक क्वालकोम स्नापड्रागन ८४५ प्लाटफर्म, प्रभावशाली लिक्विड कुल टेक्नोलोजी कुलिङ सिस्टम र ४००० एमएएचको ब्याट्री हो । साओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारी भन्छन्, ‘पोको मतलब सानो, हाम्रो सोच भनेको सानो तरिकाले सुरुवात गर्ने तर ठूलो सपना देख्न नछोड्ने हो, पोको साओमी भित्रको एउटा सानो अंश हो, पोकोले शून्यबाट नै स्वतन्त्र तरिकाले आफ्नो प्रोडक्टमा कसरी धेरैभन्दा धेरै विकल्पहरू र अत्यावश्यक प्रविधिको दिने कुराहरूमा ध्यान दिएको छ । त्यसैले हामीहरूले यस्तो स्मार्टफोन बनाएका छौं जसले पत्याउनै नसकिने पर्फरमेन्स दिन्छ ।

प्रतिक्रिया दिनुहोस्